नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय सिट नपाए गठवन्धन गर्न नसकिने प्रष्ट पार्नुभएको छ । मोरगको सुन्दरहरैचामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता कोइरालाले भन्नुभयो काँग्रेसले आसन्न निर्वाचनमा १०० सिटभन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान सकिदैन । डा. कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने पनि स्पष्ट पार्नुभयो । उहाँले काँग्रेस एक्लै लडन सक्षम भएपनि परिस्थिति अनुकुल नभएकाले मात्र गठवन्धन गर्नुपरेको बताउनुभयो




