विराटनगर, ६ साउन
प्रदेश १ को सर्वदलीय छलफलले प्रदेशको नामका विषयमा कुनै निर्णय गर्न सकेन । आज सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।
बैठक तीन घण्टासम्म चलेपनि नामको विषयमा सहमति भने हुन सकेन । यद्यपि, सभामुख भण्डारीले छलफल सकारात्मक भएको र फेरि छलफल गर्ने सहमति भएको बताए ।




