
काठमाडौं, २५ असार
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राजापाक्षेले सरकारी निवास छाडेका हुन् ।
प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेको समाचारस्रोतले जनाएको छ । यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् । राष्ट्रपति निवासमा भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
