उर्लाबारी, १४ चैत
नेपाली काँग्रेस उर्लाबारी ४ वडा समितिले टोल समिति विस्तार अभियानलाई तीब्रता दिएको छ । यसैक्रममा सोमबार सिसौली टोल समिति गठन गरिएको छ ।
पवित्रादेवी सुवेदी बोहोरा सभापति रहेको टोल समितिको उपसभापतिमा बाबुलाल हस्ता, सचिबमा सुजता आचार्य, सहसचिवमा सफल सतार र कोषाध्यक्षमा सरिता शंकर रहेका छन् ।
वडा सभापति प्रेम याक्खाको सभापतित्व तथा नेपाली काँग्रेस प्रदेश नं १ का सहमहामन्त्री एवम् उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मोरङ क्षेत्र नं. १ (क) का सहसचिव नेत्र आपागाई, जनप्रतिनिधि कल्याण राई लगायतको आतिथ्यता रहेको थियो । टोल समिति गठन कार्यक्रममै लामो समयदेखि पाटीमा योगदान पु¥याउने ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको क्षेत्रीय प्रतिनिधि सर्वजीत भण्डारीले बताए ।




