About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ असार
विदेश गएर नेपालीहरुले धेरै कमाएका छन् । अझ बेलायत, सिंगापुर, हङकङलगायत आकर्षक मानिन्छन् । त्यहाँको आकर्षण र अवसरलाई त्यागेर कोही स्वदेशमै व्यवसाय, राजनीति गरेर बस्छ भने धेरैले अनौठो मान्छन् । तर, मोरङको उर्लाबारी–५ का सुरेन्द्र लिम्बू पर्याप्त अवसर हुँदाहुँदै पनि बेलायत, हङकङ जान चाहेनन् । अझै पनि उनका आमा, भाइहरुलगायत सबै परिवार विदेशमै छन् । परिवारले राम्रो कमाइ हुन्छ भनेर उतै लैजान जोड नगरेको होइन, तर सुरेन्द्रलाई आफ्नो गाउँ ठाउँ जति प्यारो अन्त लागेन । यहीँ व्यवसायसँगै राजनीति र समाजसेवा गरेर बसेका छन् ।
४१ वर्षीय लिम्बू उर्लाबारीस्थित दिनय इन्टरप्राइजेज (हिरो मोटरसाइकल शो रुम) का सञ्चालक हुन् । लामो समयदेखि व्यवसायमा सक्रिय उनको समाजसेवाप्रतिको लगाव प्रशंसनीय छ । उर्लाबारी र यस आसपास हुने विभिन्न कार्यक्रम, समस्यामा परेका गरिब दुःखीलाई सहयोग गर्न कुनै कन्जुस्याइँ गरेका छैनन् । कोभिड १९ महामारीको समयमा पनि उनले धेरै सहयोग गरे । लिम्बूकै नेतृत्वमा केही युवाहरुले उर्लाबारी–८ स्थित राजघाट स्वास्थ्य चौकीमा सञ्चालित कोभिड अस्पताललाई लाखौं मूल्य पर्ने दुई थान मनिटर सहयोग गरे । निषेधाज्ञाको समयमा समस्यामा परेका गरिब, दुःखीलाई वितरण गर्ने युवाहरुको समूहलाई सहयोग पु¥याए ।
देश विदेशबाट सहयोग उठाएर आफूलाई अब्बल समाजसेवी ठान्ने व्यक्ति यहाँ धेरै भेटिन्छन् । यस मामलामा सुरेन्द्र लिम्बू फरक छन् । उनी कोही कसैबाट सहयोग मागेर विपन्नलाई वितरण गर्ने समाजसेवीमा पर्दैनन् । समाजमा आवश्यकता परेको स्थानमा आफ्नै कमाइ खर्च गर्छन्, अनि त उनको भित्री हृदयदेखिको समाजसेवी भावनाको चर्चा हुने गर्छ ।

राजघाट स्वास्थ्य चौकीमा रहेको कोभिड अस्पतालका लागि नगर प्रमुख खड्ग फागोलाई मनिटर प्रदान गर्दै ।

व्यवसायसँगै सुरेन्द्र राजनीतिमा पनि सक्रिय छन् । किशोरवयमै नेपाली काँग्रेस पार्टीप्रति आकर्षित भएका उनले साढे दुई दशकदेखि सक्रिय राजनीति गर्दै आएका छन् । तरुण दलको विभिन्न समितिमा रहेर कार्य गरेका उनले दुई कार्यकाल उर्लाबारी–५ मा काँग्रेसको वडा सभापति भएर नेतृत्व गरे । लिम्बूकै कुशल नेतृत्वका कारण नेपाली काँग्रेसले पहिलो पटक सो वडामा स्थानीय तह निर्वाचनमा विजय हाँसिल ग¥यो । यसअघिका स्थानीय चुनावमा एमालेले जित्दै आएको सो वडामा एक सदस्यबाहेक वडाध्यक्षसहित तीन वडा सदस्य अत्यधिक मतले काँग्रेसले जित्दा चुनावी अभियानको नेतृत्व उनै लिम्बूले गरेका थिए । नगरपालिकामा पनि काँग्रेसको नेतृत्व स्थापित गर्न उनको महत्वपूर्ण भूमिका रह्यो ।
दश वर्षसम्म वडाको नेतृत्व गरेका सुरेन्द्रले नेपाली काँग्रेसको आसन्न नगर अधिवेशनबाट नगर सभापति बन्ने चाहना राखेका छन् । ‘दुई कार्यकाल वडाको नेतृत्व गरेँ, पार्टीलाई चलायमान बनाएँ’ उनी भन्छन्, ‘अब नगर सभापतिमा मेरो दाबी हो ।’ नगर सभापति भएपछि पार्टीलाई अझ सशक्त बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । ‘काँग्रेसजनले केन्द्रदेखि स्थानीय तहसम्मै युवा नेतृत्व चाहेका छन्’ काँग्रेसका एक क्रियाशील सदस्यले भने, ‘उर्लाबारी काँग्रेसको नेतृत्व गर्न सुरेन्द्र उपयुक्त पात्र हुन् ।’ असल, इमान्दार, सहयोगी भावना भएका लिम्बू नगर सभापति बने सबैले अपनत्व महसुस गर्ने क्रियाशील सदस्यको बुझाई छ ।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताललाई नगर सहयोग गर्दै सुरेन्द्र लिम्बू

लामो समयदेखि आफ्नो बलबुताले यो अवस्थामा पुगेका सुरेन्द्र लिम्बूलाई एउटै कुराले बारम्बार पिरोल्ने गरेको छ । उनी नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोका भान्जा हुन् । उनलाई अघि बढ्न खोज्दा कतिपयले ‘फागोको भान्जो’ ट्याग भिराउँछन् । आफूले पार्टीमा गरेको योगदानलाई भुलेर ट्याग भिराउनेलाई उनी प्रश्न गर्छन्, ‘खड्ग फागाको भान्जो हुनु के मेरो गल्ती हो ? मैले पार्टी कुनै योगदान गरेको छैन ?’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय