About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको छ । गृहनगर हेटौडामा पत्रकार सम्मेलन गरेर नेता थापाले ३१ वर्षलामो पार्टीगत सम्वन्ध त्याग्दै राप्रपावाट अलग हुने घोषणा गर्नुभएको हो ।उहाँले पार्टीभित्र आफ्नो कुराको सुनवाई नहुने भएपछि अत्यन्त भारि मन तथा पिडावोधका साथ अप्रिय निर्णय लिन वाध्य भएको वताउनुभयो ।उहाँले पार्टीभित्र सैद्धान्तिक विचलन तथा गलत प्रवृत्ति देखा परेको आरोप लगाउनुभएको छ । त्यसलाई सुधार गरेर बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि पार्टी छोडने निर्णय लिन वाध्य भएको वताउनुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय