उर्लाबारी, १४ माघ
दमक–५ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले मोरङको उर्लाबारीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले सेवा केन्द्रको उद्घाटन गरे ।
उर्लाबारी–७ मा सेवा केन्द्र उद्घाटन गरेसँगै शुक्रबारबाटै कारोबार सुरु गरेको सहकारीका अध्यक्ष दीपक खरेलले बताए । उद्घाटन कार्यक्रमका प्रमुख आतिथि भण्डारीले सहकारी संस्था नाफामुखी मात्र नभएर सेवामुखी हुनुपर्ने बताए । उनले सहकारीले यहाँका उद्योगी व्यवसायीलाई सक्षम र सबल बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।
२०६८ सालमा स्थापना भएको सो सहकारीले झापा बाहिर पहिलो पटक उर्लाबारीमा सेवा केन्द्र खोलेको हो । सो सहकारीले यसअघि झापाको केरखा, सुरुङा, बिर्तामोड, बुधबारेमा सेवा केन्द्र खोलिसकेको छ भने धुलाबारी र शिवसताक्षीमा अन्तिम तयारी भइरहेको अध्यक्ष दीपक खरेलले जानकारी दिए । ५ हजार ६८५ जना शेयर सदस्य रहेको द एभरेष्ट सहकारीको शेयर पुँजी ७ करोड १६ लाख ४५ हजार रुपैयाँ रहेको संस्थाले जनाएको छ ।




