About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ वैशाख
उर्लाबारी नगरपालिका वडा नम्बर ३ मंगलबारेका युवा फुटबल खेलाडी सनम विकको उपचारका लागि सञ्चालन गरिएको “सनम विक बचाऊ अभियान” अन्तर्गत सोमबार ३ लाख ७० हजार रुपैया सहयोग प्राप्त भएको छ।
अभियानका संयोजक सुशन लिम्बूले सोमबार विकको घरमै पुगेर उक्त रकम परिवारलाई हस्तान्तरण गरेका हुन् । सो रकम हाल बेलायतमा बसोबास गर्दै आएका दावा लामा र उनकी श्रीमती प्रिया लामाको पहलमा बेलायतमै संकलन गरिएको लिम्बूले बताए ।
यसैबीच आजै मिक्लाजुङका युवा व्यवसायी जोनसन श्रेष्ठले अभियानलाई २० हजार रुपैया नगद सहयोग गरेका छन्। उनले उक्त रकम संयोजक लिम्बूलाई हस्तान्तरण गर्दै मानविय सेवामा आफू सधैं साथ रहने बताए। त्यसैगरी, सोमबार दिउसो उर्लाबारी–७ का मुकेश थापाबाट ८ हजार ६ सय ११ रुपैया र हाल दुबईमा बसोबास गर्दै आएका उर्लाबारी–१ का फूर्वा लामाबाट ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको संयोजक लिम्बूले जानकारी दिए।
सो अभियानका कोषाध्यक्ष साजन कुवँरका अनुसार हालसम्म अभियानमार्फत ६ लाख ३६ हजार ८ सय ५२ रुपैया संकलन भइसकेको छ।
विकको जिवन बचाउनको लागि लाबुङको संयोजकोत्वमा गठिन सो अभियानले आर्थिक संकलन, जनचेतना अभिवृद्धि तथा आवश्यक सहयोग जुटाउने लक्ष्य राखेको छ।
मंगलबारेस्थित दुर्गा चोक निवासी २० वर्षीया युवा फुटबल खेलाडी सनम विक हाल गम्भीर रोगका कारण काठमान्डौको सिभिल अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था गम्भीर रहेकाले जीवन बचाउन बोन म्यारो प्रत्यारोपण गर्न आवश्यक रहेको छ । उक्त उपचारका लागि करिब ३५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएकाले उनको परिवार आर्थिक अभावका कारण ठूलो समस्यामा परेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय