मोरङ, २४ फागुन
प्रतिनिधिसभा सदस्य निर्वाचनको अधिकांश क्षेत्रको मत गणना सकिएको छ । कतिपय निर्वाचन क्षेत्रको नतिजा आउने क्रम जारी छ । यसैक्रममा ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल सबैभन्दा कम अन्तरले निर्वाचित भएका छन् ।
पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइँटेलबीचको मतान्तर ५ मतको मात्रै छ । तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन् । निर्वाचित पोखरेल पूर्वएआइजी हुन् ।




