About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ असार
उर्लाबारी–७ स्थित नेपाल आदर्श अंग्रेजी माध्यमिक विद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा होटल म्यानेजमेन्ट विषयको पठनपाठन सुरु गर्ने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो शैक्षिक विस्तारसँगै गुणस्तर र सीपमूलक शिक्षामा केन्द्रित हुने योजना सार्वजनिक गरेको हो ।
स्थापना भएको छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल नेपाल आदर्शले नयाँ विषय थप गर्दै अघि बढेको प्रिन्सिपल सविना खड्काले बताउनुभयो । नेपाल दर्शन कलेज र नेपाल आदर्श विद्यालय एउटै संस्थागत व्यवस्थापनअन्तर्गत सञ्चालनमा छन् । नेपाल दर्शन कलेज उर्लाबारीकै पुरानो र स्थापित शैक्षिक संस्था हो, जसले विगतदेखि नै कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायअन्तर्गत शैक्षिक सेवा प्रदान गर्दै आएको छ । अब यही व्यवस्थापनले नेपाल आदर्श विद्यालयमा पनि होटल म्यानेजमेन्ट जस्ता सीपमूलक विषय सुरु गर्न लागेको हो ।
“विद्यार्थीले अब माध्यमिक तहदेखि नै रोजगारीको सम्भावना रहने व्यावसायिक विषय अध्ययन गर्न पाउने छन्,” प्रिन्सिपल खड्काले भन्नुभयो, “हामीले उद्योग र बजारको मागअनुसार विषय छनोट गरेका छौं ।”
विद्यालयले शैक्षिक कार्यक्रमसँगै अतिरिक्त क्रियाकलापलाई पनि बराबरी महत्व दिएको जनाएको छ । गायन, नृत्य, चित्रकला, भलिबल, क्रिकेट लगायतका क्षेत्रका लागि अनुभवी प्रशिक्षकको व्यवस्था गरिएको नेपाल दर्शन कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद पौडेलले बताउनुभयो । “हाम्रो लक्ष्य विद्यार्थीको समग्र विकास हो,” पौडेलले भन्नुभयो, “पढाइ मात्र नभएर कला, खेलकुद र सिर्जनशीलतालाई पनि समान प्राथमिकता दिइएको छ ।”


विद्यालयमा अत्याधुनिक प्रयोगशाला, कम्प्युटर कक्षा र डिजिटल शिक्षण उपकरणहरूको प्रयोग हुँदै आएको छ । विज्ञान संकायका लागि विशेष सुविधा सम्पन्न प्रयोगशाला स्थापना गरिएको छ भने कम्प्युटर शिक्षामा व्यवहारिकतालाई प्राथमिकता दिइएको छ । प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्डको व्यवस्था गरिएको छ । विद्यालयमा गुणस्तरीय शिक्षण, विद्यार्थी–शिक्षक सम्बन्ध र अभिभावकको विश्वासलाई निरन्तर मजबुत बनाउने लक्ष्य लिइएको प्रिन्सिपल खड्काले बताउनुभयो । नेपाल दर्शन कलेज र नेपाल आदर्शले संयुक्त रूपमा स्थानीय क्षेत्रमा गुणस्तरीय, आधुनिक र रोजगारीमुखी शिक्षाको विकल्प प्रस्तुत गर्ने उहाँले बताउनुभयो । विद्यालयका कोअर्डिनेटर गोविन्द भट्टराईले विद्यार्थीको विशेष रेखदेखमा शैक्षिक क्रियाकलाप सञ्चालन गरिँदै आएको बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय