
उर्लाबारी, १८ वैशाख
उर्लाबारीका ७ वटा वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । हिजो र आज वडा नं. ४ र ५ बाहेकका सबै वडामा अधिवेशन सम्पन्न भई नयाँ कमिटी गठन भएको नेकपा एमाले नगर कमिटी सचिव चेतन सिग्देलले जानकारी दिनुभयो । वडा नं. ८ बाहेक सबै वडामा सर्वसम्मत् कमिटी चयन भएको उहाँले बताउनुभयो ।
वडा नं. १ को तेस्रो वडा अधिवेशनबाट लक्ष्मी ढकाल अध्यक्ष चयन भएका छन् । उक्त वडा कमिटीको उपाध्यक्षमा सनम लामा, सचिवमा नगेन्द्रबहादुर चौहान, उपसचिवमा आतिष श्रेष्ठ र मुना गजमेर चयन भएका छन् ।
यस्तै वडा नं. २ को अध्यक्षमा पुनः इन्द्र दाहाल चयन भएका छन् । वडा कमिटीको उपाध्यक्षमा दिपक धिमाल, सचिवमा अर्जुन बास्तोला, उपसचिवमा जितबहादुर खड्का र इन्दिरा डाँगी रहेका छन् ।
वडा नं. ३ को अध्यक्षमा छविलाल दाहाल, उपाध्यक्षमा हर्कबहादुर गहतराज, सचिवमा जुनिता सुवेदी, सह–सचिवमा उमेश घिमिरे र साबित्रा तामाङ गोले सर्वसम्मत् चयन भएका छन् । यस्तै, वडा नं. ६ को अध्यक्षमा वेदनिधि पौड्याल, उपाध्यक्षमा इन्द्रकला भण्डारी, सचिवमा सुजन अधिकारी, उपसचिवमा दिनेश गौतम र लक्ष्मीदेवी निरौला चयन भएका छन् ।
उता, वडा नं. ७ को अध्यक्षमा जिशन कार्की, उपाध्यक्षमा नारायण बराल, सचिबमा शिवकुमार दियाली (राजीव), उपसचिबमा नारायण बस्नेत र बबिता खनाल रहेका छन् । यस्तै, वडा नं. ८ को अध्यक्ष र सचिव पदमा निर्वाचन भएको छ । सो वडाको अध्यक्षमा बालकृष्ण निरौला, उपाध्यक्षमा सुनिल बुढाथोकी, सचिवमा पृतम श्रेष्ठ, उपसचिवमा बिष्णु थापा र हुमा भट्टराई चयन भएका छन् । वडा नं. ९ को अध्यक्षमा पुनः भीमकुमार फ्याक चयन भएका छन् । सर्वसम्मत् चयन भएको वडा कमिटीको उपाध्यक्षमा गणेशमणि पौडेल, सचिवमा हरिनारायण तिम्सिना, उपसचिवमा खगेन्द्र पौडेल र आयोध्यदेवी सिटौला रहेका छन् ।
वडा अधिवेशन गर्न बाँकी रहेका वडा नं. ४ र ५ मा वैशाख २० गते शनिबार अधिवेशन सम्पन्न हुने सचिव सिग्देलले जानकारी दिनुभयो ।
