
काठमाडौं, ११ चैत
आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको हो ।
इलाम २ का सांसद सुवासचन्द्र नेम्बाङको गत भदौ २५ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । एमालेले सुवास नेम्बाङका छोरा सुहाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राईको नाम सिफारिस गरेको थियो ।
