उर्लाबारी, ३ कार्तिक
उर्लाबारी नगरपालिकाका कर्मचारी र सञ्चार क्लब नेपाल उर्लाबारीबिच मैत्रीपूर्ण फुटबल खेल आज सम्पन्न भएको छ । उर्लाबारी–३ स्थित प्रस्तावित सालबारी रंगशालामा जारी प्रथम वडा स्तरीय भेट्रान च्यालेन्ज कप २०८० को फाइनल खेलको पूर्वसन्ध्यामा आज भएको मैत्रीपूर्ण खेलमा नगरपालिकाको कर्मचारी टिम ४–१ गोल अन्तरले विजयी भएको छ ।
खेलमा नगरपालिकाका तर्फबाट देवजंग केसीले २ गोल गरेका थिए भने दधिराम पोख्रेल र सुदीप गड्तौलाले १÷१ गोल गरेका थिए । सञ्चार क्लबका तर्फबाट ईश्वर भट्टराईले गोल गरे । खेलमा विजयी नगरपालिकाको कर्मचारी टिमले भाले पुरस्कार प्राप्त गरेको छ । मंगलबारे भेट्रान क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल भोलि हुँदैछ ।





