About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ६ असोज
उर्लाबारी–६ स्थित उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१ औँ साधारण सभा सम्पन्न भएको छ । आज उर्लाबारीस्थित सगरमाथा साकोसको सभाहलमा आयोजित साधारणसभाका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उर्लाबारीका ३ सय ८० विपन्नको घरमा निःशुल्क खानेपानीको धारा जडान गरिने बताउनुभयो ।
उर्लाबारीका सबै खानेपानीलाई एकीकृत गरिएको बताउँदै उहाँले केही वर्षभित्रै सम्पूर्ण उर्लाबारीबासीलाई शुद्ध खानेपानी वितरण गरिने बताउनुभयो । उहाँले उर्लाबारीको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि क्षेत्रको विकासमा आफूहरु लागिपरेको बताउनुभयो ।
साधारणसभामा दुई जना कर्मचारी र एक जना पत्रकारलाई पुरस्कृत गरिएको थियो । वि.सं. २०६० देखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदै उत्कृष्ट व्यवस्थापकीय भूमिका निर्वाह गरेको भन्दै कार्यालय प्रमुख राजु बुढाथोकीलाई कुशल व्यवस्थापक रुपमा पुरस्कृत गरिएको थियो । यस्तै, उत्कृष्ट कार्यक्षमताका आधारमा पम्प अपरेटर दिलबहादुर मगर र संस्थाको गतिविधिलाई उजागर गर्ने अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई जनही नगद १० हजारसहित सम्मान पत्र प्रदान गरियो ।
साधारणसभामा संस्थाका सचिव मेघराज श्रीपालीले सचिवको प्रतिवेदन र नीति तथा कार्यक्रम, कोषाध्यक्ष तेजकुमारी खतिवडाले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक ढकबहादुर थापाले लेखा समितिको प्रतिवेदन र कार्यालय प्रमुख राजु बुढाथोकीले प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७९÷०८० मा ५ करोड ७५ लाख ८१ हजार १ सय २५ रुपैयाँ आम्दानी गरेको उक्त खानेपानीको शुद्ध बचत १ करोड ८४ लाख १३ हजार ७ सय ८० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सो अवसरमा खानेपानीका सभासदहरुको प्रतिनिधित्व गर्दै वडा नम्बर ७ का कुमार तामाङ्ले खानेपानीले कमाएको करोडौँ मुनाफा उपभोक्तालाई वितरण गरिनुपर्ने, सार्वजनिक ठाउँमा खानेपानी निःशुल्क जडान गरिनुपर्ने, विपन्नलाई निःशुल्क धारा जडान गरिनुपर्ने लगायतका सुझाव राखेका थिए । कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष नरवहादुर मोक्तान, राप्रपा उर्लाबारी नगर अध्यक्ष निरुपा निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष चिन्तामणि पौड्यालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य रामकुमार राईले राखेका थिए । सो अवसरमा उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेल र पूर्व उपमेयर लक्ष्मीदेवी भण्डारीको विशिष्ट आतिथ्यतामा थियो भने नेकपा एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोला, नेपाली काँग्रेस नगर सभापति सुरेन्द्र लिम्बू, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष गजेन्द्र दंगाल, वडाध्यक्षहरु नरबहादुर मोक्तान र उर्मिला थापा, नेपाल रेडक्रस उर्लाबारीका सभापति भानुभक्त शर्मा पराजुली, खानेपानी संस्थाका पूर्व अध्यक्ष भुपाल जिमीलगायतको आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय