About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ असार
नेपाल शिक्षक महासंघ मोरङको अध्यक्षमा कुमार पोख्रेल चयन भएका छन् । आज विराटनगरमा सम्पन्न महासंघको दोस्रो जिल्ला सम्मेलनबाट राधिका मावि उर्लाबारी–६ का प्रधानाध्यापक पोख्रेल अध्यक्षमा चयन भएका हुन् ।
महासंघमा आवद्ध संस्थाहरुबीचको आपसी समझदारीमा सर्वसम्मत् रुपमा जिल्ला नेतृत्व चयन भएको हो । नेपाल शिक्षक संघका पोख्रेल अध्यक्षमा चयन हुँदा सहअध्यक्षमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका घनश्याम ढकाल, महिला उपाध्यक्षमा कर्मचारी परिषद्की सविता मैनाली दाहाल, उपाध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक संगठनका हरिप्रसाद पराजुली, सचिवमा नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेमप्रकाश कोइराला, सहसचिवमा राधा थापा, विजेन्द्रप्रकाश मण्डल, राजेन्द्र घिमिरे, राजीवकुमार यादव र डा. पदम बिमली चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा उषाकुमारी मण्डल, कविताकुमारी मण्डल, मिलन ढकाल, अनिलकुमार दास, राजेन्द्र आचार्य, मनोज राजवंशी, चन्द्रप्रकाश दाहाल, रत्नप्रसाद धिमाल, शारदा दाहाल भण्डारी, आइतकुमारी लिम्बू, भरत थापा मगर, चन्द्रबहादुर बानियाँ, तुलाराम खवासलगायत रहेका छन् । नवनिर्वाचित अध्यक्ष पोख्रेलले शिक्षकहरुको हकहित र अधिकारका लागि आफू नेतृत्वको समिति कटिबद्ध भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय