
सुनसरी,कोशीमा केहि मात्रामा भएपनि पानीको वहाव घटेपछि कोशीवाढी पीडितहरु आफनो घर फर्केर पशुचौपाया र छुटेका समान निकाल्न थालेका छन । हिजो कोशीले धार परिवर्तन गरेर बेलका तिर पसेको ठाँउमा रहेका अभियानकर्मी रबिन घिमिरेका अनुसार सुरक्षाकर्मीले ब्यवस्थापन गरेका रवर र काठका नाउ मार्फत आफना सर समान र पशुचौपाया निकाल्न थालेका हुन । सुरक्षाकर्मीले आज पनि उद्धारा कार्य जारी राखेका छन । बाढि पीडितहरुलाई सुरक्षित स्थान तर्फ लैजाने क्रम जारी छ । हिजो ११ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिद्यालय,सामुदायिक बनका भवन,रेडक्रस भवनहरुमा राखिएको छ । वाढी पीडितहरुका लागि खाद्यान्न र औषधीमूलोको आवश्यकता रहेको अभियानकर्मी घिमिरेले बताउनुभयो । उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीमा आएको वाढीले तटवन्ध फुटाएर वस्ति तर्फ पसेको हो । उदयपुरको बेलका नगरपालिकाका वडा नम्बर १, २, ८ र ९ का हजारौ वासिन्दा प्रभावित भएका छन ।
फोटोहरु : रबिन घिमिरे
