About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ भदौ
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवा, सुनसरीले दुई वर्षसम्म विवरण नबुझाउने सहकारी संघ÷संस्थाहरुको विवरण सार्वजनिक गरेको छ । कार्यालयले प्रदेशभरिका निष्क्रिय सहकारी संघ÷संस्थाहरुको विवरण सार्वजनिक गरेको हो ।
कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुले बुझाउनु पर्ने विवरण लगातार दुई वर्षसम्म नबुझाएका सहकारीको सूचीमा उर्लाबारीका छ वटा सहकारी परेका छन् । उर्लाबारीका भद्रमारी बचत तथा ऋण सहकारी संस्था, सुन्दरफूल बचत तथा ऋण सहकारी संस्था, तिलिचो बचत तथा ऋण सहकारी संस्था, फक्ताङलुङ बचत तथा ऋण सहकारी संस्था, जयबजरंगबली बचत तथा ऋण सहकारी संस्था र मेलीफेरा मौरीपालन सहकारी संस्था रहेका छन् ।
प्रदेश सहकारी ऐन २०७६ को दफा ६० (१) बमोजिम आर्थिक वर्ष २०७९÷०८० र आव २०८०÷०८१ मा बुझाउनु पर्ने विवरण नबुझाउने सहकारीलाई निष्क्रिय सूचीमा राखेको हो । कार्यालयले सूची सार्वजनिक भएको मितिले ३५ दिनभित्र प्रदेश सहकारी ऐन २०७६ को दफा ६० (१) बमोजिमका विवरणहरु नियमानुसार नियामक निकायमा बझाउन भनेको छ । कार्यालयको निष्क्रिय सूचीमा मोरङका ६७ वटा सहकारी संस्था रहेका छन् ।
ऐनका दफा ६० (१) मा सहकारी संस्थाले प्रत्येक वर्ष तोकिएको विवरणसहितको प्रतिवेदन साधारणसभा सम्पन्न भएको मितिले तीस दिनभित्र सहकारी रजिट्रार समक्ष पेश गर्नुपर्ने उल्लेख छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय