About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २१ कार्तिक
देशभरमा विभिन्न कारणले रिक्त रहेका ४४ पदमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारी तीब्र पारेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन हुँदैछ ।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति हुने व्यवस्था छ ।
मंसिर १६ गते कोशी प्रदेशमा भने ९ पदमा हुने भएको छ । गाउँपालिका अध्यक्ष १, जिल्ला समन्वय समिति प्रमुख १ र वडाध्यक्ष ७ पदमा निर्वाचन हुने भएको हो । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचन हुँदैछ । यस्तै, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपलिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका–९ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुखको उपनिर्वाचन पनि हुँदैछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय