About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ वैशाख
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङले २० औं अध्यक्ष–सचिव गोष्ठी उर्लाबारीमा गर्ने भएको छ । जिल्लाभरका आफ्ना सदस्य संस्थाहरुका अध्यक्ष र सचिवलाई सहभागी गराई गोष्ठी गर्ने भएको हो ।
वैशाख २२ गते शनिबार उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा हुने गोष्ठीमा जिल्लाभरिका आफ्ना सदस्य संस्थाहरुका अध्यक्ष र सचिव गरी तीन सय जनाको सहभागिता रहने संघले जनाएको छ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा हुने गोष्ठीमा २ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सहकारीपनका लागि सदस्य केन्द्रीयता, स्वनियमन र सुशासन विषयमा संघका सचिव जीवन बस्नेत र जोखिममा आधारित अनुगमन र जोखिम अवस्था विश्लेषण विषयमा कोशी प्रदेश सहकारी विभागका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ ।
संघले २०६० सालदेखि हरेक वर्ष सहकारी सम्बन्धि विविध विषयका गोष्ठीहरु सञ्चालन गरी आफ्ना सदस्य संस्थाहरुको प्रवद्र्धन र विकासमा टेवा पु¥याउँदै आएको संघका सचिव जीवन बस्नेतले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय