About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ असोज
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिले उर्लाबारी नगरपालिका शिक्षा शाखा र ट्राफिक प्रहरी पोष्टलाई १ लाख ५७ हजार मूल्य बराबरको सामग्री प्रदान गरेको छ ।
आज प्याव्सन नगर समितिले नगरपालिका शिक्षा शाखालाई करिब १ लाख २० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो । नगर अध्यक्ष सूर्यकुमार पौडेलले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता र शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेलाई एउटा ल्यापटप, दुई वटा प्रिन्टर र एउटा कुर्सी प्रदान गर्नुभयो ।


यस्तै, प्याव्सनले ट्राफिक प्रहरी पोष्ट उर्लाबारीलाई करिब ३७ हजार रुपैयाँ बराबरको कम्प्युटर सेट प्रदान गरेको छ । आज प्रदान गरिएका सामग्रीमध्ये सुनगाभा आमाविले एक थान ल्यापटप र लोभल ल्याबरेटरी स्कुलले एक थान कलर प्रिन्टर प्याव्सनलाई उपलब्ध गराएका थिए । सामग्री हस्तान्तरणका क्रममा प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्रदेश समिति सहसचिव भूवन श्रेष्ठ, प्रदेश सदस्य दिनेश पोख्रेल, जिल्ला सल्लाहकार सुरेन्द्र सुवेदी, जिल्ला सदस्य नेत्रप्रसाद गड्तौला, नगर सचिव लक्ष्मीप्रसाद राई, ढुण्डुराज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय