About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

– ढुण्डुराज भट्टराई
झ्याल ढोकामा झुन्डिएका रोगी पर्दा
बाहिर निस्किए, नुहाए र सुकिला बने
ओसिला कार्पेट र गलैँचाले घाम तापे
रापिला बने र बैठकमा लमतन्न परे ।
घरका कुनामा थुप्रिएका धुलो बढारिए
माकुरा धपाइए र जालो हटाइए
भित्तामा नयाँ तस्बिरहरू टाँगिए ।

सन्दुकमा महिनौ थन्किएका
कपडा र किताब टकटकिए ।
कलस, करूवा, घल्चा टल्काइए
गुडिया र उपहारहरू टकटक्याइए ।
फ्रिज, चुलो, बट्टा, डब्बा सबै पुछिए
डसना, सिरानी, सिरक घाममा सुकाइए
सुकिला तन्ना र खोलहरू साटिए फेरिए ।

बैठक, भान्सा र सयन कक्षले चोला फेरे
पूजा कोठा रंगिए, ध्वजाले सिंगारिए
भगवानका आकर्षक तस्बिर सजाइए
मुर्तिहरू माझिए, टलक्क टल्काइए ।
भक्ति र श्रद्धा भावले शंखघण्ट बजाइए ।
बाटो, आँगन, प्रवेशद्वार सफा राखिए ।
घरै होटल, हाँसखेल साथीहरू डाकिए ।

थैली, खुत्रुकेमा कुँजिएका पैसा निस्किए ।
बजार गए, भिडमा पसे, उतै हराए
सट्टामा नयाँ सामान घर भित्रिए ।
केरा काटिए, खसी बाँधिए, पिङ झुण्डिए
थोत्रा पुराना सबै सामानले बिदा लिए ।
नयाँ नयाँ सामानले घरमा प्रवेश पाए ।
दशैको माहोल बन्यो, केटाकेटी रमाए ।

यति धेरै परिवर्तन एउटी माताबाट
सन्तान इच्छा पूरा हुने उनै दाताबाट
माया, श्रद्धा, सद्भावले पूजा गरौँ उनलाई
उच्च सम्मान सेवा गरौ, सम्झिएर गुनलाई ।
                                                          उर्लाबारी, मोरङ

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय