About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, ११ असोज
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ । शैक्षिक सुधारमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पालिकाले थप फड्को मारेको छ ।
मैवाखोला गाउँपालिका र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच मैवाखोला गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारमा सहकार्यका लागि सम्झौता भएको छ । शुक्रबार काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनको तर्फबाट डिन प्रो. डा. बालचन्द्र लुइँटेल र मैवाखोला गाउपालिकाको तर्फबाट पालिका अध्यक्ष विजयप्रकाश वनेमले दुईपक्षीय समझदारीमा हस्ताक्षर गर्नुभएको छ ।
विभिन्न पाँच क्षेत्रलाई प्राथमिकतामा राखी यो सम्झौता गरिएको पालिका अध्यक्ष वनेमले बताउनुभयो । सामुदायिक विद्यालयका प्रधानाध्यापकको क्षमता बिकास गर्न, गाउँ शिक्षा समिति, वडा शिक्षा समिति, विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको क्षमता विकास गर्न, पाठ्यक्रममा आधारित विषय शिक्षकहरुको पेशागत क्षमता विकास गर्न, गाउँपालिकाभित्र रहेका शैक्षिक अवसरहरुको अनुसन्धान गर्न, पालिकाभित्र रहेका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक अवसर सृजना गर्न विश्व विद्यालयले सहयोग गर्ने भएको हो ।
काठमाडौँ विश्वविद्यालय जस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको अध्यक्ष वनेमले बताउनुभयो । ‘यो सहकार्यले हाम्रो गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारमा एउटा इटा थप्ने विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय