About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, ११ असोज
झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा पुनः अध्यक्ष बुद्धिसागर बराल चयन हुनुभएको छ । संस्थाको निर्वाचन कार्यक्रम अन्तर्गत अध्यक्षलगायत पदाधिकारी, सदस्य, लेखा समिति सर्वसम्मत् निर्वाचित भएको हो ।
९ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा सन्जीव रिमाल, सचिवमा चन्द्रमाया निरौला, कोषाध्यक्ष प्रेमकुमारी रिजाल रहनुभएको छ । यस्तै, सञ्चालक सदस्यमा गंगा पौडेल, भीमबहादुर रायमाझी, राजेन्द्र श्रेष्ठ, भरतकुमार ढकाल, दिनेशकुमार अधिकारी चयन हुनुभएको छ । लेखा सुपरीवेक्षण समिति संयोजक गायत्रीप्रसाद पराजुली तथा सदस्यमा सुशीला काफ्ले र अविचन्द्र प्रसाई निर्विरोध निर्वाचित हुनुभएको हो ।
संस्थाको १६ औँ चुनावी साधारणसभा अन्तर्गत जेनजी आन्दोलनका कारण स्थगत गरिएका इकाइगत साधारणसभा असोज २६ गतेदेखि हुने भएका छन् । सुरुङगा र गौरादह सेवा केन्द्र इकाइगत साधारणसभा यसअघि नै सम्पन्न भइसकेको र असोज २६ गते झिलझिले सेवा केन्द्र, असोज २७ गते उर्लाबारी सेवा केन्द्र अन्तर्गत साधारणसभा गरिने साथै असोज २८ गते दमकमा साधारणसभा सम्पन्न गरिने व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिनुभयो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय