उर्लाबारी, ३० भदौ
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले आफूले पाउने ६ महिनाको सेवा सुविधा नगर पुनर्निर्माणका लागि दिने घोषणा गर्नुभएको छ । आज नगरपालिकामा आयोजित सर्वदलीय, सर्वपक्षीय बैठकमा बोल्दै प्रमुख खरेलले ६ महिनाको २ लाख २४ हजार रुपैयाँ नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माणमा खर्चिने बताउनुभयो ।
जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडका कारण उर्लाबारी नगरपालिकाको भवनमा ठूलो क्षति पुगेको थियो । कार्यालयका महत्वपूर्ण सामग्री नष्ट भएका कारण सेवा प्रवाहमा समेत असुविधा भएको छ । यस्तै अवस्थामा नगर प्रमुख खरेलले आफ्नो व्यक्तिगत सुविधा नगरको हितका लागि खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।




