उर्लाबारी, १६ भदौ
निजी विद्यालय सञ्चालकहरूले उर्लाबारीमा स्कुल बसको र्याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालयले बससहित प्रदर्शन गरेका हुन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् । यसैक्रममा प्याब्सन, नेशनल प्याब्सनले संयुक्त रूपमा उर्लाबारीमा र्याली निकालेका हुन् ।
स्कुलडाँडाबाट सुरुभएकाे र्याली बरगाछी, दुर्गापुरी, आम्वाडी हुँदै उर्लाबारी चाैक, तरुण चाैक, खाेर्सानीबारी, आइतबारेबाट मंगलबारे, थापाचाैक, माझी चाैक, त्रिवेणी चाैकबाट पुनः मंगलबारे हुँदै स्कुलडाँडा आएर समापन गरिएको प्याव्सन नगर सचिव एलपी राईले बताउनुभयो । र्यालीमा उर्लाबारीका निजी विद्यालयका दर्जनौं बसहरु प्रयोग गरिएको थियोे ।




