About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ भदौ
मोरङको उर्लाबारीमा बर्षेनि आयोजना हुँदै आएको उर्लाबारी रनमा यस वर्ष दुई हजारभन्दा बढीले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । सामुदायिक विकास मञ्च उर्लाबारीले संविधान दिवसको अवसरमा असोज ३ गते उर्लाबारी रन सञ्चालन गर्दै आएको छ ।
संस्थाले आज पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराएको छ । यस वर्ष आठौं संस्करणको उर्लाबारी रनमा देश तथा विदेशका गरी दुई हजारभन्दा बढी रनरको सहभागिता रहने आशा गरिएको कार्यक्रम संयोजक ध्रुवचन्द्र पराजुलीले जानकारी दिनुभयो । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरिएको १० किलोमिटर रनको खुला पुरुष महिला दुवैतर्फ विजेताले ३१÷३१ हजार, दोस्रोले १६÷१६ हजार र तेस्रो हुनेले ११÷११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेताले १५ हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


यस्तै, १६ वर्षमुनिका बालबालिकाबिच ७ किलोमिटर दौडमा महिला पुरुष दुवैतर्फ प्रथमले ७÷७ हजार, दोस्रोले ५÷५ हजार, तेस्रोले ३÷३ हजार तथा १२ वर्षमुनिका बालबालिकाबीच हुने ५ किलोमिटर दौडमा बालक, बालिका दुवैतर्फ प्रथम हुनेले ५÷५ हजार, दोस्रोले ३÷३ हजार, तेस्रोले २÷२ हजार पुरस्कारका साथै सबै पुरस्कृतलाई मेडल र प्रमाणपत्र प्रदान गरिने मञ्चका अध्यक्ष प्रेम बोहोराले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउँदै उहाँले प्रायोजक र सहप्रायोजकको खोजी भइरहेको बताउनुभयो । दौड प्रतियोगिताको प्रचार प्रसारको कार्यलाई तीब्र पारिएको र राष्ट्रिय धावकहरुको समेत सहभागिता हुने आयोजक समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा वडा नं ६ का वडाध्यक्ष चिन्तामणि पौड्याल, वडा नं. ४ वडाध्यक्ष कल्याणकुमार राईलगायतको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय