About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, २२ साउन
इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी रामप्रसाद तिमल्सिनाले शान्ति सुरक्षामा संलग्न सबै निकाय र समुदायसँग सहकार्य गर्दै दमकलाई अपराधमुक्त बनाउने दृढता व्यक्त व्यक्त गर्नुभएको छ ।
बुधबार पत्रकारहरुसँगको अन्तरक्रियामा डिएसपी तिमल्सिनाले भन्नुभयो, “म यस कार्यालयको कमान्ड सम्हालेको केवल ६ महिना भएको छ, यो छोटो अवधिमा पनि यहाँका चुनौतीहरूबारे बुझेको छु । अब सबै क्षेत्रसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै अगाडि बढ्छौं ।,” लागुऔषधको प्रयोगलाई निरुत्साहन गर्न इलाका प्रहरी कार्यालयले विभिन्न कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो । लागुऔषध दुव्र्यसनी नियन्त्रण, विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम लगायतका कार्यहरु गरिएको उहाँको भनाई थियो ।
सो अवसरमा डिएसपी तिमल्सिनाले सञ्चारकर्मीहरूको सुझाव लिनुभयो । सहभागीहरूले दमकमा लागुऔषधको कारोबार र प्रयोग अत्यधिक रुपमा बढ्दै गएको जनाउँदै यसको नियन्त्रणमा प्रहरीको थप प्रभावकारी कदम आवश्यक रहेको, दमकमा चोरीका घटना समेत बढ्दो भएकोले यस्ता अपराधमा संलग्नलाई तत्काल पहिचान गरी कारवाही गर्नुपर्ने, नदीजन्य सामग्रीको अवैध उत्खनन्लगायतका विषयमा पत्रकारले प्रहरीको ध्यानाकर्षण गराएका थिए । यस प्रकारको कार्यक्रमले समुदाय–प्रहरी साझेदारीलाई अझ बलियो बनाउने सहभागीहरूको भनाइ थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय