About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लेटाङ, ६ साउन
शिवशक्ति बाबाको नामबाट चर्चित मोरङको लेटाङ–९ जाँतेका सुजनकुमार पूर्वछाने मगरले आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको दाबी गर्नु भएको छ । मंगलबार जाँतेस्थित शिवशक्ति बाबाको आश्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले रामधुनी सुनसरीमा आयोजित धार्मिक कार्यक्रमकाबीच गत असार २७ गते आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको बताउनु भएको हो ।
रामधुनी सुनसरीमा, नरेन्द्र मोदी विचार मञ्च भारत, अन्तर्राष्ट्रिय सन्त वैदिक मञ्च, इन्डो–नेपाल रिलेसन एन्ड पिस फाउन्डेसन र विश्व वैदिक गुरुकुल फाउन्डेसन माँ नर्मदा देवी कलश यात्रा (१०८ देश) द्वारा आयोजित सनातन धर्म सम्मान समारोह कार्यक्रममा आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भारतमा हुने आगामी कुम्भ मेलामा आफूलाई औपचारिकरुपमा “महामण्डलेश्वर” र “जगतगुरु” को उपाधि प्रदान गरिने पनि जानकारी दिनुभयो । आफूलाई पढेर नभइ जन्मसिद्ध प्राप्त दैविक शक्तिका कारण “महामण्डलेश्वर” र “जगतगुरु” को उपाधि प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै शिवशक्ति बाबाको सचिवालयका सचिव बासुदेव सिजाली मगरले रामधुनी सुनसरीमा आयोजित कार्यक्रममा शिवशक्ति बाबालाई अन्य ३ वटा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पनि प्राप्त भएको जानकारी दिनुभयो । शिवशक्ति बाबालाई विश्व दैविक शक्ति महारत्न अवार्ड २०२५, अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार २०२५ र जन्मसिद्ध दैविक शक्ति प्राप्त भएको व्यक्तिको रुपमा मानार्थ डाक्टर उपाधि प्रदान गरिएको सिजाली मगरले जानकारी दिनुभयो । शिवशक्ति बाबालाई वैदिक सनातन धर्म प्रचार प्रसार गरी सनातन सभ्यताको संरक्षण एवम् दैविक शक्तिद्वारा समाज सेवा गरे वापत सम्मान गरिएको जनाइएको छ ।
यस्तै रामधुनी सुनसरीमा आयोजित कार्यक्रमकैबीच इन्टीच्युट अफ इन्टरप्रेनरशीप एण्ड म्यानेजमेन्ट स्टडीज आइइएमएस द्वारा शिवशक्ति बाबालाई अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार २०२५ र जन्मसिद्ध दैविक शक्ति प्राप्त भएको व्यक्तिको रुपमा मानार्थ डाक्टरको उपाधि पनि प्रदान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । शिवशक्ति बाबालाई अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्च तथा विश्व वैदिक गुरुकुल फाउन्डेसन (१०८ देश) को धार्मिक, साँस्कृतिक विभागको संयोजकमा नियुक्त गरी अन्तर्राष्ट्रिय जिम्मेवारी समेत प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यस्तै, आगामी साउन २६ गते विधिवत रूपमा अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्च अन्तर्गत १४ सनातनि अखडाद्वारा श्री श्री श्री १००८ राम स्वामी शिरोमणि दास लल्लि महाराज एवं श्री श्री श्री १००८ बालकानन्द गिरि जि महाराज ज्यु को समुपस्थितिमा शिवशक्ति बाबा धाम, त्रिकालेश्वर मन्दिरमा पुजा आराधनासँगै विशेष समारोहको आयोजना गरि शिवशक्ति बाबालाई विशेष सम्मानसहित बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको पनि सो अवसरमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै शिवशक्ति बाबाले आफूमा जन्मसिद्ध दैविक शक्ति रहेको र सो शक्तिको सदुपयोग गर्दै विभिन्न दुःखविराममा परेकाहरुको उपचार गर्दै आएको जानकारी दिनु भएको छ । आफूलाई सानैमा वनझाँक्रीले लगेपछि यस्तो दैविक शक्ति प्राप्त भएको बताउँदै उहाँले खासगरी प्यारालाइसिस, बोली नआउने र जंगली लागेको विरामीलाई उपचार गर्ने गरेको जानकारी दिनुभयो । यसरी दैविक शक्तिद्वारा दुःखविराममा परेकाहरुको सेवा गरेको तथा दिनदुःखीहरुलाई आर्थिक तथा भौतिक सहयोग समेत गर्दै आएकाले आफूलाई विभिन्न संघसँस्थाहरुले सम्मान गरेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
शिवशक्ति बाबाले आगमी फागुनमा लेटाङ ९ जाँतेस्थित आफ्नो आश्रममा कोटीहोम शिवपुराण आयोजना गर्ने पनि जानकारी दिनु भएको छ । सो कोटीहोम शिवपुराणमा नेपाल र भारतका प्रशिद्ध कथावाचक र धर्मगुरुहरुको विशेष सहभागिता रहने पनि उहाँले जानकारी दिनुभयो । शिवशक्ति बाबाका गुरु स्वयम् भगवान शिव रहेको र उहाँले आफ्ना गुरुबाट जन्मसिद्ध रुपमा प्राप्त दैविक शक्तिलाई दिनदुःखीको सेवामा लगाउँदै आएको सचिवालयले जनाएको छ । उहाँले २०५३ सालदेखि भगवान शिवको पूजाआराधना गर्नु भएकोमा २०७३ देखि आफ्नै निवासमा शिवशक्ति बाबाधाम त्रिकालेश्वर शिवालय मन्दिर स्थापना गरी विश्व शान्ति पूजा गरी आफूलाई प्राप्त दैविक ज्ञानको सदुपयोग गर्दै दुःखविराम परेकाहरुको सेवा गर्दै आउनु भएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय