About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नवराज भट्टराई
उर्लाबारी, १६ असार
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उर्लाबारी नगर क्षेत्रभित्र विद्यालयबाट ७९.४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उर्लाबारीका १० सामुदायिक र २० संस्थागत विद्यालयबाट सहभागी १ हजार १ सय २६ मध्ये ८ सय ९४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
नगरका ३० विद्यालयमध्ये शतप्रतिशत नतिजा निकाल्ने १५ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ राधिका मावि उर्लाबारी–७ को राधिका माविले शतप्रतिशत नतिजा हात पारेको छ । उक्त विद्यालयबाट सहभागी १८ विद्यार्थी सबै उत्तीर्ण भएका हुन् ।
उर्लाबारीका १४ वटा निजी विद्यालयको नतिजा शतप्रतिशत आएको छ । पशुपति आमावि (५९ जना), सप्तकोशी बोर्डिङ स्कुल (६६ जना), सुनगाभा बोर्डिङ स्कुल (१४ जना), प्रतिभा बोर्डिङ (११ जना), सनसाइन बोर्डिङ (२० जना), नेपाल आदर्श अंग्रेजी मावि (२३ जना), शिशुशिक्षा सदन (१६ जना), नेबुला अंग्रेजी मावि (१६ जना), माेरङ माेडल बाेर्डिङ (३१), पार्लेन्स इन्टरनेशनल एकाडेमी (२३ जना), शुभकामना बोर्डिङ (१४ जना), लालीगुराँस बोर्डिङ (१३ जना), झारसाँदी बोर्डिङ (१९ जना) र ओवल ल्याबरटरी बोर्डिङ (१४ जना) को शतप्रतिशत नतिजा प्राप्त भएको हो ।
उर्लाबारीकै सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने नमुना विद्यालय राधिका मावि उर्लाबारी–६ बाट साधारणतर्फ सहभागी २६८ मध्ये २२२ जना र प्राविधिक धारतर्फ ४२ जनामध्ये ३२ जना उत्तीर्ण भएका छन् । राधिका माविका दुई विद्यार्थीले सर्वाधिक ३.९६ जिपिए प्राप्त गरेका छन् ।
उर्लाबारीकै पुरानो सुनपकुवा माविबाट सहभागी ११३ मध्ये ६३ जना उत्तीर्ण भएका छन् । अरनिको माविबाट सहभागी ५८ मध्ये उत्तीर्ण ५१ जना, शारदा माविबाट सहभागी २७ मध्ये उत्तीर्ण ६ जना, सुनझोडा माविबाट सहभागी ३७ मध्ये उत्तीर्ण १० जना, लक्ष्मी मावि उर्लाबारी–८ बाट सहभागी ३५ मध्ये उत्तीर्ण २३ जना, सार्वजनिक माविबाट सहभागी १८ मध्ये उत्तीर्ण ९ जना, दुर्गा माविबाट सहभागी  ४२ मध्ये उत्तीर्ण १२, लक्ष्मी मावि उर्लाबारी–१ बाट सहभागी २६ मध्ये उत्तीर्ण १४ जना रहेका छन् ।
निजी विद्यालयतर्फ भृकुटी मोडल एकाडेमीबाट सहभागी २५ मध्ये २४, विद्याज्योति बोर्डिङबाट सहभागी १५ मध्ये १४, हिमालय बालसंसार बोर्डिङबाट सहभागी २६ मध्ये २४, होलीचाइल्ड बोर्डिङबाट सहभागी ११ मध्ये १०, हिमचुली बोर्डिङबाट सहभागी १५ मध्ये १४ र न्यूभिजन एकाडेमीबाट सहभागी १७ मध्ये १६ जना उत्तीर्ण भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय