About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ असार
उर्लाबारी–४ स्थित सप्तकोशी बोर्डिङ स्कुलले निधन भएका विद्यालय कर्मचारीका परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गरेको छ । असार ९ गते ६४ वर्षको उमेरमा असामयिक निधन भएका सवारी चालक अशोक धमलाको परिवारलाई विद्यालयले राहत प्रदान गरेको हो ।
आज विद्यालयका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराई, व्यवस्थापन समिति अध्यक्ष मिश्र बैजयन्तीसहित शिक्षक, कर्मचारी उर्लाबारी–४ स्थित धमलाको घरमा पुगेर परिवारजनलाई समवेदना व्यक्त गर्दै रकम प्रदान गरिएको हो ।
‘विद्यालयको ३२ वर्षे इतिहासमा पहिलो पटक सेवारत रहँदा कर्मचारीको निधन भएको छ’ प्रिन्सिपल भट्टराईले भन्नुभयो, ‘आज पाँचौँ दिन उहाँको घरमै पुगेर समवेदना व्यक्त गरेर राहत रकम हस्तान्तरण गरेका छौँ ।’ दिवंगत धमलाका छोरा समीर सप्तकोशीमै कक्षा ९ मा अध्ययरत छन् । उनलाई विद्यालयले कक्षा १२ सम्म अध्ययन गर्दा मासिक शुल्क छुट गरिदिने भएको छ ।
यस्तै, उर्लाबारीमै पहिलो पटक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको निजी विद्यालय सप्तकोशीले शिक्षक कर्मचारीको आधारभुत तलबको ११ प्रतिशत कट्टा गरी त्यसमा २० प्रतिशत विद्यालयले थपेर सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिँदै आएको छ । विगत चार वर्षदेखि उक्त विद्यालयमा कार्यरत अशोक धमलालाई पनि विद्यालयले सामाजिक सुरक्षा कोषमा अनुबन्धित गराएकोले कोषबाट पाउने सुविधा प्रक्रियागत ढंगले आश्रित परिवारले पाउने प्रिन्सिपल भट्टराईले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय