About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, ९ असार
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको गाउँपालिको २१ औं गाउँ सभाको आज बसेको बैठकमा उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
उपाध्यक्ष आङ्बुहाङ्ले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ३३ कारोड ७६ लाख ७२ हजार २०५ रुपैयाँ र पुँजीगततर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपैयाँ रहेको छ । बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । गाउँबासीले दिएको अगाध माया र ममताबाट प्रेरित भई आठराई त्रिवेणी गाउँपालिकालाई बसौँ बसौँ लाग्ने गाउँहरु निर्माणसँगै समुन्नत र समृद्ध गाउँपालिकाको रुपमा अघि बढाउन महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष पोमूले बताउनुभयो । गाउँपालिकाका आवश्यकता र गाउँबासीको चाहनालाई आत्मसात गर्दै हरेक वर्ष कुनै न कुनै विकासका नयाँ अवधारणा ल्याउने र त्यो वर्ष उक्त अवधारणालाई मूर्तरुप दिन वर्षभरि नै विशेष कार्यक्रम आयोजना गरिने नीति कार्यक्रममा उल्लेख छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय