About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ जेठ
उर्लाबारीमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । हरियाली युवा क्लब उर्लाबारी–२ को आयोजनामा स्थानीय डुम्रे खेलमैदानमा आजबाट चौंथो डुम्रे कप अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको हो ।
आजको उद्घाटन खेलमा सुनगाभा बोर्डिङ स्कुल उर्लाबारी–५ विजयी भएको छ । नेपाल आदर्श स्कुल उर्लाबारी–७ लाई ४–१ गोल अन्तरले पराजित गर्दै सुनगाभा दोस्रो चरणमा प्रवेश गरेको हो । सुनगाभाको जितका लागि प्रयास भुजेलले २, उज्वल निरौला र सिवान विकले १÷१ गोल गरेका थिए । नेपाल आदर्शका विज्ञान शर्माले १ गोल फर्काए । सुनगाभाका प्रयास भुजेल म्यान अफ दि म्याच घोषित भए ।
“खेलकुदमा एकता, हरियालीको पहल सशक्तता’’ भन्ने मूल नाराका साथ सुरु प्रतियोगिताको उद्घाटन उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजन कँडेलले गरे । उद्घाटन कार्यक्रममा वडाध्यक्ष कँडेलले विद्यालयस्तरीय खेलकुदले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।


प्रतियोगितामा उर्लाबारीका सामुदायिक र निजी गरी २३ विद्यालयले सहभागिता जनाएका छन् । जेठ २७ गतेसम्म सञ्चालन हुने खेलमा विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष सक्षम भण्डारीले बताए ।
प्रतियोगिता अन्तर्गत भोलि जेठ १६ गते दुई खेल हुँदैछन् । पहिलो खेलमा होली चाइल्ड बोर्डिङ स्कुल उर्लाबारी–६ र शिशु शिक्षा सदन उर्लाबारी–९ तथा दोस्रो खेलमा सुनपकुवा मावि उर्लाबारी–२ र प्रतिभा बोर्डिङ स्कुल उर्लाबारी–८ बिच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव तथा खेल संयाेजक यामबहादुर बस्नेतले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर