About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ जेठ
नेकपा एमाले उर्लाबारी अन्तर्गतका सबै वडा कमिटीले विविध कार्यक्रम गरी नगरका ९ वटै वडामा गणतन्त्र दिवस मनाइएको छ । निरंकुश राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७ औं वर्षको अवसरलाई एमालेले देशभर उत्सवको रुपमा मनाएको हो । उर्लाबारीमा मातहतका वडा कमिटीले दीप प्रज्जवलन, कोणसभा र सरसफाईलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको नेकपा एमाले उर्लाबारीका अध्यक्ष निरोज तिम्सिनाले बताउनुभयो ।
उर्लाबारी–७ मा वडामा अवस्थित ६ वटा मठमन्दिर परिसरमा सरसफाई गरिनुका साथै साँझ बरगाछीस्थिच देवकोटा चौकमा दीप प्रज्जवलन गरिएको वडा कमिटी अध्यक्ष जिसन कार्कीले जानकारी दिनुभयो । वडाहरुमा भएका कार्यक्रमहरुमा एमाले नेता कार्यकर्ताहरुले परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरेका थिए ।


लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकार सम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले अझ धेरै प्रतिबद्ध बनाएको ७ नम्बर वडा कमिटी अध्यक्ष जिसन कार्कीको धारणा थियो ।
उर्लाबारी चौक, बरगाछी, मंगलबारेको थापाचौक, दुर्गापुरीलगायतका स्थानमा एमालेले दीप प्रज्जवल गरेको हो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय