About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, ९ जेठ
स्थानीयस्तरमै पाइने कच्चा पदार्थलाई प्रबद्र्धन गर्ने र सीप विकाससँगै स्वरोजगार बनाउने उद्देश्यले ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १० जना उद्यमीलाई अल्लोको कपडाका सामग्री बनाउन दक्ष बनाएको छ । पालिकाको वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न वडाका १० जना उद्यमीलाई अल्लोको कपडाका सामग्री बनाउने तालिम प्रदान गरिएको हो ।
पालिकाले १ महिने तालिमसँगै प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमका बीच तालिम समापन गर्नुका साथै कपडाका सामग्री बनाउन आवश्यक सामग्री पालिकाले उद्यमीलाई प्रदान गरेको छ ।
तालिमबाट उद्यमीहरु अल्लोको कपडाबाट झोला, पर्स लगायत सामग्रीहरु उत्पादन गर्न सक्षम भएका छन् । पालिकाले दुई वर्षअघि जङ्गलमा पाइने अल्लोबाट धागो बनाउने तालिम दिएको थियो भने गत वर्ष धागोबाट कपडा बन्ने तालिम प्रदान गरेको थियो । र, यस वर्ष तिनै उद्यमीलाई कपडाबाट विभिन्न डिजाइनका सामग्रीहरू उत्पादन गर्ने तालिम दिएको हो ।


तालिम पश्चात जङ्गलमा बर्सेनि खेर गइरहेको अल्लो (सिस्नो) लाई तयारी र उपयोगी सामग्रीमा परिणत गरी बजारसम्म पु¥याउने उद्यमी तयार गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब हामी उहाँहरुलाई अझ गुणस्तरीय सामान उत्पादन गर्न पुनर्ताजगी तालिम दिनेछौं । यसले महिलालगायत आर्थिक अवस्था कमजोर भएकाहरूलाई थप आत्मनिर्भर बनाउनेछ भन्ने विश्वास लिएका छौं ।’
स्थानीय स्तरमा पाइने सामग्री अल्लो संकलन गरी प्रशोधन गरेर सामाग्री तयार पार्ने गरी सक्षम भएको तालिममा सहभागीहरुले बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर