About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

रतुवामाई, १८ वैशाख
आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मोरङको रतुवामाई नगरपालिकाले नगरक्षेत्रका मोचीहरूलाई सम्मान गरेको छ । सडक किनारमा बसेर जुत्ता चपल, छाता, टर्च लगायतका सामग्री मर्मत गर्ने नौ जना मोचीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा बहादुर मोची, भोगेन्दर मोची, गणेशीराम मोची, बेचनलाल मोची, राजकुमार सार्की, सामेल मोची, चतुरमान मोची, विजयकुमार मोची छन् । उनीहरुलाई नगर प्रमुख नागेश्वरप्रसाद सिंह, उपप्रमुख दमयन्ता चुडाल, प्रमुख प्रशासकीय अधिकृत डम्बरुवल्लभ बराललगायतले सम्मान गर्नुभयो । उनीहरुलाई जनही चार वटा प्लास्टिकका पिरा, ठूलो छाता, टी सर्ट र मर्मत सामग्री राख्ने जस्ताको बाकस प्रदान गरिएको छ ।
सो अवसरमा नगर प्रमुख सिंहले सबै समुदाय र वर्गका नगरवासीसँग नगरपालिका जोडिएको बताउँदै जुनसुकै श्रम जुन जातिले पनि गर्न सकिने बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय