
दमक, १८ वैशाख
झापाको दमकबाट भ्रमण गएको स्कारपियो गाडी दुर्घटना हुँदा एक अधिकृतको मृत्यु भएको छ भने वडाध्यक्षसहित ६ जना घाइते भएका छन् । चितवनबाट दमकतर्फ आउँदै गरेको स्कारपियो गाडी उदयपुर कटारीमा भएको दुर्घटनामा दमक–३ निवासी ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी नगरपालिकाका कानुन अधिकृत हुन् ।
इलाका प्रहरी कटारीका प्रहरी निरीक्षक कमल बजगाईँका अनुसार दुर्घटनामा
मे. १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियो । दुर्घटनामा वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, वडा नं. १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, वडा नं. २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ । – नेपालप्रेसबाट
