About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३ वैशाख
उर्लाबारीमा छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा वडा नं. ३ लाई ३–१ गोल अन्तरले हराउँदै वडा नं. ४ ले विजयी सुरुवात गरेको छ । गत संस्करणका उपविजेता वडा नं. ३ माथि वडा नं. ४ ले सहज जित हात पारेको हो । वडा नं. ४ का सुदीप लिम्बू, आयुष दाहाल र सुजन थापा मगरले एक÷एक गोल गरे भने वडा नं. ३ का सन्जीव राईले गोल गरेका थिए । आजको खेलको म्यान अफ दि म्याच वडा नं. ४ का सुजन थापा मगर घोषित भए ।


मंगलबारे फुटबल क्लबको आयोजनामा उर्लाबारी– ३ स्थित प्रस्तावित सालबारी रंगशालामा सुरु प्रतियोगिताको एक समारोहका बीच नगर प्रमुख गंगाप्रसाद खरेलले उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले सुनको लेपन गरिएको प्रथम पुरस्कारको ट्रफी अनावरण गर्नुभयो ।
उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको प्रतियोगिताको विजेताले ७५ हजार नगद र उप विजेताले ५० हजार नगदसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष पिपलराज गिरीले जानकारी दिनुभयो । साथै, विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने उहाँले बताउनुभयो । प्रतियोगिता अन्तर्गत भोलि वडा नम्बर ६ र ७ बीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय