About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ फागुन
मोरङको विराटनगरबाहिर पहिलो पटक निजी क्षेत्रबाट सिटी स्क्यान सेवा सुरु भएको छ । उर्लाबारी–५ स्थित अरनिको हस्पिटल प्रा.लि.ले उक्त सेवा सुरुवात गरेको हो ।
आज एक कार्यक्रमबा बिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिटी स्क्यान सेवाको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको उपस्थिति महत्वपूर्ण रहेको बताउनुभयो । निजी क्षेत्रले थप विश्वासनीयता आर्जन गर्नका लागि कसरी आम नागरिकलाई विश्वासमा लिन सकिन्छ, कसरी, सस्तो र सर्वसुलभ तरिकाले सेवा दिन सकिन्छ भन्ने पक्षमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । यसबाट निजी क्षेत्रको स्वास्थ्य क्षेत्रमा उपस्थिति अझ महत्वपूर्ण बनेर जाने उहाँको भनाई थियो ।
निजी क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकार्य जरुरी रहेको बताउँदै उहाँले सहकार्य गरेर अझ बढी व्यवस्थित र प्रभावकारी सेवा उपलब्ध गराउने साथै आम नागरिकको स्वास्थ्य सेवा प्रभावकारी ढंगबाट प्राप्त गर्ने अपेक्षालाई पूरा गर्ने सन्दर्भमा निजी क्षेत्रको सहभागिता बढाएर अगाडि जाने बताउनुभयो ।

एकपछि अर्को सेवा थप गर्दै आएको अरनिको हस्पिटलले आधुनिक सीटी स्क्यान सेवा सुरु गरेको हो । ४ करोडको लगानीमा सिटी स्क्यान सञ्चालनमा ल्याइएको हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले जानकारी दिनुभयो । यो सेवा सञ्चालन आएपछि अब अस्पतालमा सेवा लिन आउने बिरामीले बाहिर जानुपर्ने बाध्यता हटेको उहाँको भनाई छ । यो मेसिनको प्रयोगबाट एकै छिनमा गम्भीर चोट, रक्तश्राव वा ट्युमर पत्ता लगाउन सकिने, शल्यक्रिया नगरिकनै आन्तरिक अवस्था जाँच्न सकिने, हड्डीदेखि मस्तिष्कसम्म लगभग सबै अंगहरु जाँच गर्न सकिने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस झापाका सभापति देउमान थेवे, रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वरप्रसाद सिंह, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, नेपाली काँग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बूलगायत अतिथि रहनुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय