About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ९ फागुन
प्रजातन्त्र दिवसको अवसरमा उर्लाबारीमा सञ्चालित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन नगरपालिकाले जितेको छ । उर्लाबारी युवा क्लबको आयोजनामा फागुन ७ गतेदेखि राधिका मावि उर्लाबारी–६ को खेलमैदानमा आयोजित प्रतियोगिताको फाइनलमा आयोजिक टिमलाई पराजित गर्दै पाँचखपनले उपाधि जितेको हो । पाँचखपनले उर्लाबारीलाई ३०–२८, २५–२१, २५–१९ को सोझो सेटमा पराजित गरेको हो ।
उपाधिसँगै पाँचखपनले नगद एक लाख १ सय ११ र उपविजेता उर्लाबारीले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका विजेता, उपविजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, कोशी प्रदेश भलिबल संघका उपाध्यक्ष वीरबल थापा, आयोजक क्लबका अध्यक्ष रोहित थापालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिता समापनको अवसरमा क्लबले भलिबलका पूर्व राष्ट्रिय खेलाडीद्वय वीरबल थापा र वम डाँगीलाई सम्मान गरिएको थियो । समापन कार्यक्रममा युवा व्यवसायी सचिन शाक्य, ध्रुवचन्द्र पराजुली, जनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय