
ताप्लेजुङ, ८ फागुन
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तेस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनले चन्द्रकुमार तामाङको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत् चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष तामाङ मैवाखोला गाउँपालिका वडा नं. १ का वडाध्यक्ष हुन् ।
कमिटीको उपाध्यक्षमा ठाकुरप्रसाद वनेम, रिता शेर्पा, तुलशा बिक, सचिवमा पुर्नध्वोज वनेम, सहसचिवमा कृष्ण वनेम, कोषाध्यक्षमा सुरेन्द्रकुमार वनेम रहनुभएको छ । गाउँपालिकाको केन्द्र साँघुमा भएको अधिवेशनले ३९ सदस्यीय पालिका कमिटी गठन गरेको हो ।
यसअघि अधिवेशनको उद्घाटन माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गर्नु भएको थियो । उद्घाटन समारोहमा स्थानीय जातजातिमा आधारित संस्कार संस्कृतिका नृत्य समेत प्रस्तुत गरिएको थियो ।
