About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लेटाङ, ८ फागुन

लेटाङमा सञ्चालित “प्रथम लेटाङ नगरपालिका स्तरीय खेलकुद महोत्सव २०८१” सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको खेलकुद महोत्सव बुधबार सम्पन्न भएको हो । बुधबार जनसेवा खेल मैदानमा विशेष समारोहका बिच खेलकुद महोत्सवमा विजेता खेलाडीहरुलाई ट्रफी तथा पुरस्कार वितरण गर्दै खेलकुद महोत्सवको समापन गरिएको हो ।

लेटाङ नगरपालिका उपप्रमुख तथा नगर खेलकुद विकास समिति संयोजक कृष्णकुमारी निरौलाको अध्यक्षतामा भएको समापन समारोहमा ५ दिनसम्म सञ्चालन भएका विभिन्न खेलमा विजयी हुने खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र र पुरस्कार प्रदान गरियो । समापन समारोहका अध्यक्ष नगर उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख अतिथि नगर प्रमुख भूपेन्द्रकुमार लावती, विशिष्ट अतिथि पूर्व नगरप्रमुख प्रमुख शंकर राई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्ण्ुाप्रसाद सुवेदी लगायतले विजेता खेलाडीहरुलाई टीका लगाएर ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लावतीले नगरपालिकामा खेल क्षेत्रको विकासका लागि पहिलो प्रयास स्वरुप खेलकुद महोत्सव गरिएको बताउनुभयो । उहाँले यसवर्ष भएका कमजोरीलाई सच्याउँदै आउँदो वर्ष अझ व्यवस्थित तरिकाले नगर खेलकुद महोत्सव सञ्चालन गर्ने जानकारी दिनुभयो । यसैगरी नगर उपप्रमुख निरौलाले यस वर्ष सञ्चालन गरिएको नगर खेलकुद महोत्सव सोचेभन्दा सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले खेलकुद महोत्सवको वृहत समीक्षा गरेर अर्को वर्षका लागि बेलैदेखि तयारी गर्ने पनि जानकारी दिनुभयो ।

नगर उपप्रमुख निरौलाले लेटाङलाई खेलकुदको हव बनाउने उद्देश्यले खेलकुद महोत्सव सञ्चालन गरिएको भन्दै आगामी दिनमा अन्तरपालिका स्तरीय खेलकुदका गतिविधि समेत सञ्चालन गर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले नगर खेलकुद महोत्सवले विविध क्षेत्रमा सकरात्मक प्रभाव पारेको बताउनुभयो । खेलकुद महोत्सवले विद्यार्थी र खेलाडीहरुमा उत्साह जगाएको, प्रतिभाको पहिचान गराएको, स्वस्थ समाजको निर्माण तथा लागुपदार्थ दुव्र्यसनलाई नियन्त्रण गर्न सहयोग गरेको र समग्र खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याएको उहाँको भनाइ छ ।

यस्तै, पूर्व नगर प्रमुख शंकर राईले नगरपालिकामा खेल क्षेत्रको विकासका लागि अझ धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै फुटबलका पूर्व राष्ट्रिय खेलाडी अभिषेक लिम्बूले खेलकुद महोत्सव सञ्चालन गरेर नगरपालिकाले सराहनीय काम गरेको भन्दै खेल क्षेत्रको विकासका लागि नगरस्तरीय रंगशाला निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर खेलकुद महोत्सव सफल बनाउन विभिन्न भूमिकामा रहेर सहयोग गर्ने व्यक्तित्वहरुलाई कदरपत्र प्रदान गरिएको थियो । खेलकुद महोत्सवमा समावेश गरिएका सबै खेल विधाका फोकल पर्सन, रेफ्री, खेल मैदान उपलब्ध गराउने संघसंस्था, स्वयम्सेवकलगायतलाई धन्यवाद स्वरुप कदरपत्र प्रदान गरिएको हो ।

यसैबीच बुधबार समापन समारोह अघि भएको फुटबलको फाइनल खेलमा वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर ३ लाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि जित्न सफल भयो । वडा नम्बर ६ लाई जित दिलाउने क्रममा जर्सी नम्बर १७ का अनिल राई, जर्सी नम्बर ८ का अनिस लिम्बू र जर्सी नम्बर ३० का खगेन्द्र लिम्बूले गोल गरेका थिए । खेलकुद महोत्सव २०८१ मा महिला भलिबल, पुरुष भलिबल, पुरुष फुटबल, क्रिकेट, व्याडमिन्टन, चेस, बाघचाल, टेवल टेनिस र छात्र–छात्रा दुवैतर्फको अण्डर थर्टिन ३ किलोमिटर म्याराथुन दौड प्रतियोगिता गरी ९ विधाका खेल खेलाइएको थियो । लेटाङ नगर खेलकुद महोत्सवमा १३ वर्ष मुनिका बालबालिकाहरुदेखि ९१ वर्षका जेष्ठ नागरिकले समेत सहभागीता जनाएका थिए । लेटाङ नगरपालिकाले ५ दिनसम्म सञ्चालन गरेको नगर स्तरीय खेलकुद महोत्सवले पक्कै पनि लेटाङको समग्र खेलकुद क्षेत्रलाई चलायमान बनाउन मद्दत पुगेको छ । आगामी दिनमा अझ बढी खेल विधाहरुलाई समावेश गर्दै अझ व्यवस्थित रुपमा खेलकुद महोत्सव सञ्चालन गर्न सके यसवर्ष सुरु गरिएको नगर स्तरीय खेलकुद महोत्सव लेटाङको समग्र खेल क्षेत्रको विकासका लागि कोशेढुंगा सावित हुनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय