About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भानु भट्टराई
दक्षिण पूर्व एसियाको भूपरिवेष्ठित राष्ट्र नेपाल विश्व राजनीतिक मञ्चमा एकाएक चर्चामा आएको छ । विश्व शक्ति राष्ट्र चीन र भारतको केन्द्रमा रहेको राष्ट्र नेपाल पूर्वी एसियामा मात्र होइन वासिङ्टन, बेइजिङ, ह्वाइट हाउस, नयाँ दिल्ली र अन्य शक्ति राष्ट्रहरूको चासो र निगरानीको विषय बनेको देखिन्छ । विश्वमा छाएको पुँजीवादी लोकतन्त्रवाद र साम्यवादी निरङ्कुशवाद सिद्धान्तको बीचबाट नेपालले आफूलाई डो¥याउँदै आएको छ । असंलग्न परराष्ट्र नीति तय गरेको नेपालले दुवै छिमेकी राष्ट्रको अस्तित्व स्वीकार गर्दै कोहीसँग प्रत्यक्ष संलग्न नहुने र कुनै अन्तर्राष्ट्रिय विवाद आएमा त्यसको मध्यमार्ग नीति अबलम्बन गरेको छ ।
चीन र भारतको बीचमा अवस्थित नेपालले दुवै छिमेकी राष्ट्रलाई रिझाएर उनीहरूको विकास र समृद्धिको फाइदा आफूले लिन सक्नु पर्ने हुन्छ । एउटा विशाल नदीबाट तर्न जसरी नदीमा पुल निर्माण गरिन्छ, त्यसरी नै दुई शक्ति राष्ट्रहरूको बीचमा संवाद र मित्रता कायम राख्दै नेपालले राजनीतिक असंलग्न राष्ट्रिय पुलको भूमिका निर्वाह गर्न सक्नु पर्छ ।
नेपाल आदि कालदेखि नै दुवै छिमेकी देशलाई आफ्नो असल छिमेकीको परिचय दिलाउन सफल भइआएको छ । तर सन् २०२० देखि यता नेपालको आन्तरिक मामिलामा छिमेकी देश चीनको संलग्नता र भूमिकामा एकाएक परिवर्तन आएको देखिन्छ । आजै मात्र चीनकी राजदुतले नेपालको राष्ट्रपति भवनमा चीनका राष्ट्रपति सी जीन पिङको राजनैतिक मार्गचित्रको व्याख्या र विमोचनले चीनको हतास मनोदशालाई इङ्गित गर्छ । अहिले चीन सि जिन पिङको दर्शनको व्याख्या र प्रचार प्रसारमा केन्द्रित भएको देखिन्छ । दक्षिण पूर्व एसियाको क्षेत्रीय संगठन सार्कमा आफ्नो उपस्थिति नहुने भएदेखि नै चीन कुनै न कुनै रूप, भूमिका, सर्त वा सम्झौताको बहानामा नेपालमा परोक्ष रुपमा उपस्थित हुन चाहन्छ । नेपालका विकासका हरेक परियोजनामा आफूलाई प्रत्यक्ष सहभागी बनाउनु चीनको दक्षिण पूर्व एशिया प्रवेशको रणनीति हुनसक्ने विज्ञहरुको बुझाइ छ । जसरी अमेरिका र युरोपले चीनलाई विश्वको आर्थिक र सामाजिक क्षेत्रबाट एक्लो पार्ने रणनीति लिएका छन् त्यसको प्रतिरक्षा र जवाफी रणनीतिमा चीन नेपाललाई प्रवेश मार्गको रुपमा लिँदै दक्षिण पूर्व एसियामा भारतलाई घेराबन्दी गर्ने रणनीतिमा देखिन्छ ।
चीन नेपाल, श्रीलङ्का, अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा आफ्नो भूमिका सक्रिय बनाइरहेको देखिन्छ । साना साना विकासे गतिविधिबाट प्रवेश गर्दै ठूलठूला राष्ट्रिय गौरबका आयोजनामा आफ्नो उपस्थिति देखाउनु चीनको गोप्य वैदेशिक रणनीति हुन सक्ने कुराको अनुमान दक्षिण पूर्व एसियाका जानकारहरूको बुझाइ छ ।
विश्व शक्ति राष्ट्रहरूको स्वार्थबाट विमुख रही आफ्नो राष्ट्रिय अखण्डता स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै राष्ट्रिय विकासमा केन्द्रित हुनु नै नेपाल र नेपालीको लागि स्वर्णिम अवसर हुन सक्छ । आदिम कालदेखिको नेपाल भारत सम्बन्धलाई जीवन्त राख्दै सबै शक्ति र छिमेकी देशहरुसँग सुमधुर सम्बन्ध कायम राख्नु नै नेपाल र नेपालीको रणनीति हुनु पर्छ । दमक, झापा

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय