About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ फागुन
उर्लाबारीमा नेपाल स्काउट तेस्रो नगर स्तरीय स्प्रीङ क्याम्प तथा दीक्षान्त समारोह आजबाट सुरु भएको छ । उर्लाबारी–६ स्थित राधिका माविमा सुरु भएको क्याम्प तथा दीक्षान्त समारोहको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तथा स्काउट संरक्षक गंगाप्रसाद खरेल, उपप्रमुख तथा स्काउट प्रमुख मीना खतिवडा पौडेल, कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी, राधिका माविका प्रधानाध्यापक कुमार पोख्रेलले शुभकामना मन्तव्य राख्दै विद्यार्थीलाई अनुशासनसँगै स्काउटले संस्कार सिकाउँदै आएको बताउनुभयो ।
उहाँहरुले पठनपाठनसँगै यस प्रकारका गतिविधिले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने बताउनुभयो । उर्लाबारी स्काउटकी प्रमुख आयुक्त कविता खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख आयुक्तहरुको पनि आतिथ्यता रहेको थियो । भोलिसम्म सञ्चालन हुने कार्यक्रममा उर्लाबारीका सामुदायिक र निजी गरी १२ विद्यालयका ३ सय ७८ जना विद्यार्थीको सहभागिता रहेको राधिका माविका स्काउट शिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय