
बढदो मानसिक समस्या न्यूनिकरणका लागि भूमिका निर्वाह गर्न मानसिक रोग बिज्ञद्धारा शिक्षकहरुलाई आग्रह गरिएको छ । मानसिक समस्याबारे सुसुचित रहेर सचेतनाका लागि शिक्षकहरुलाई आग्रह गरिएको हो । बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले समाजमा मानसिक समस्या ब्यापक रुपमा भएको, तर अधिकांश यसबारे अनभिज्ञ हुँदा धेरै जटिलताहरु बढिहरदा न्यूनिकरणमा शिक्षकहरुको भूमिका अपेक्षा गर्नुभयो । बालविकास माध्यमिक विद्यालय, भक्तपुरद्वारा आयोजना गरिएको कार्यक्रमका अतिथि वक्ता प्रा.डा. शाक्यले मानसिक रोग, लक्षण, कारण, उपचार विधि लगायत शिक्षक र सचेत नागरिकले निभाउनुपर्ने भुमिकाबारे प्रकाश पार्नुभयो ।
शिक्षकहरु समाज र युगको सम्बाहक भएकाले शिक्षकहरुलाई मानसिक समस्याबारे सचेत, सजग र जागरुक भई भुमिका निभाउन बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले आब्हान गर्नुभएको हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यता, बागमती प्रदेश सांसद तथा प्रधानाध्यापक सुरेन्द्र राज गोसाइँ, बागमती प्रदेश सांसद सिर्जना सैंजु, तथा योगेन्द्र बिजुक्छे लगायत शिक्षकहरुको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा विभिन्न शिक्षक प्रतिनिधिहरुले पनि आ–आफ्नो धारणा र नववर्ष २०८१को शुभकामना मन्तव्य ब्यक्त गर्नुभयो ।
