
भक्तपुर,नसालु पदार्थ सेवन रोक्न सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिइएको छ । सँस्थागत बिद्यालय संघ नेपाल इशान द्वारा भक्तपुर, ख्वप छेँमा शिक्षकहरूका लागि नसालु पदार्थ र स्वास्थ्यमा असर बिषयक अन्तरक्रियाका सहभागिले यस्तो निष्कर्ष निकालेका हुन । बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले कार्यक्रमको सहजिकरण गर्नुभयो ।नशालु पदार्थको सेवन र सम्बन्धित बिकृति र बिकारको जरा समाजमा गहिरो रुपमा गाडिएको हुनाले यसको समस्या भयावह हुनसक्ने तर्फ उहाँले सजग गराउनुभयो । यो समस्याको निराकरणका लागि सचेत सजग र अति गम्भीर हुनुपर्नेमा उहाँको जोड छ । अन्तरक्रियामा प्रा.डा. शाक्यले नशालु, मादक, लागू पदार्थको सेवनबाट पैदा हुने लत, मानसिक, स्नायु लगायत अरु शारीरिक समस्याहरुको बारेमा चर्चा गर्नुभयो ।त्यसको ब्यबस्थापनमा गर्न सकिने उपाय समेत उहाँले सुझाउनुभयो । प्रा डा शाक्यले यसको रोकथाम, उपचार, पुनर्स्थापनामा नागरिक, परिवार, विद्यालय, शिक्षक, समाज, सरकारले आ–आफ्नो तर्फबाट सचेत, सजग र जागरुक हुनुपर्ने औंल्याउँनुभयो । प्रा.डा. शाक्यले सहभागी सम्पूर्ण शिक्षकहरुलाई सचेतना अभियानमा परिवर्तनका सम्बाहकका रुपमा भुमिका निभाउन आव्हान पनि गर्नुभयो ।
इसान, भक्तपुरका अध्यक्ष प्रेमजंग थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संघका सल्लाहकार सरोजराज गोसाइँले नववर्ष २०८१को शुभकामना मन्तव्य राख्नुभयो ।
