About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ फागुन

गत तिहारमा लक्ष्मीपूजाको दिन उर्लाबारीमा भएको आगलागी घटनामा घाइते भई उपचार गराएर फर्केकाहरुको फलोअप जाँच गरिएको छ । कीर्तिपुर हस्पिटलका विशेषज्ञ चिकित्सकसहितको टोलीले आज मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा विरामीको जाँच गरेको हो ।

उर्लाबारी नगरपालिकाले उक्त हस्पिटलका डाक्टरहरुलाई उर्लाबारी ल्याएर घाइतेको फलोअप जाँच गराएको हो । घाइतेहरुको सहजताका लागि चिकित्सक टोलीलाई उर्लाबारीमै बोलाएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो । डाक्टरलाई उर्लाबारीमै ल्याएर फलोअप गराएकोमा घाइतेहरुले नगरपालिकाप्रति आभार प्रकट गरेका छन् ।

गत कार्तिक २६ गते उर्लाबारी–७ इटहरा रोडस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । ती मध्ये पाँच जनाको मृत्यु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय