About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,बिभिन्न जातीय पोशाखमा सजिएर लामबद्ध बालबालिकाले हलको ढोका बाहिर दुईहात जोडेर स्वागत गरेको देखेर अभिभाबक प्रसन्न देखिन्थे । हल भित्र ढोकै छेउको दृश्य देखेर झन चकित परे । त्यहाँ थिए हसिया,चुँलेसो,कोदालो,गुन्द्री,डोको,डालो,कुपी,टपरी लगायत परम्परागत सामाग्रीहरु । छेउमा बसेर ती सामाग्री चिनारहेका थिए कक्षा १ सम्मका साना नानीबाबुहरुले ।
पाथीभरा सेकेण्डरी स्कुल इटहरीले मन्टेश्वरीका बिद्यार्थी लक्षित गरेर आयोजना गरेको प्रदर्षनीमा पुगेका अभिभाबकहरु स्कुलले सिकाउने बालमैत्री ब्यबहारिक सिकाइ देखेर मख्ख परे । आजकलका बालबालिकाले परम्रागत समाग्रीहरु चिन्नै छाडेका अबस्थामा पिजि देखि एक कक्षा सम्म पढने बालबालिकाले आफना अभिभाबकलाईनै परम्परागत समाग्रीहरु चिनाइरहेका थिए । प्रदर्षनीमा बर्षदिन भर नानीबाबुहरुलाई के कस्तो सामाग्री प्रयोग गरेर पढनपाढन गरियो ती समाग्रीहरु राखिएको थियो । परम्परागत घरायसी जीवनमा प्रयोग हुने सामग्री देखि शौर्यमन्डल सम्म राखिएको थियो । बालबालिकाले आफै बनाएका चित्रकला र हस्तकलाका समाग्री समेत अबिभाबकले रुची पूर्बक हेरेका देखिन्थे ।

बालबालिकालाई सानै उमेरदेखि संस्कारयुक्त र ब्यबहारिक शिक्षा दिने गरिएकाले पाथीभरा तर्फ अभिभाबकको आकर्षण बढिरहेको बिद्यालयका अध्यक्ष निर्मल रिजालले जानकारी दिनुभयो ।
बालबालिकामा रहेको बहुप्रतिभा प्रष्फुटन गराउन सक्दो प्रयास गरिएको बिद्यालयका प्रिन्सिपल डा.गोपाल श्रेष्ठको दाबी छ ।
बिद्यालयको पठन पाठन र सिकाइ बाट अभिभाबक पनि सन्तुष्ठ देखिए । प्रदर्षनीमा भेटिएका बिनोद खतिवडाले भन्नुभयो नानी बाबुहरु घरमा आफनो काम आफै गर्न खोज्छन,ठूलालाई सम्मान र सानालाई मायाँ गर्न थालेका छन ।
अभिभावक दिपा सिटौला भन्नुहुन्छ बालबालिकाले किताबी शिक्षा सँगै सस्कार सिकेका छन खुशी लागेको छ ।
बालबालिकालाई जे सिकाउनुपर्ने हो देखाएरै सिकाउदा छिटो सिक्दा रहेछन र नबिर्षने रहेछन हामीले पाथीभरामा त्यसै गर्दै आएका छौं अध्यक्ष रिजालले बताउनुभयो ।

   

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय