About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ माघ

विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकको १३ औँ वार्षिकोत्सवको अवसरमा नोवेल मेडिकल कलेजका प्राध्यापक डा. राजेश नेपालसहित दर्जनभन्दा बढी सम्मानित भएका छन् । सो कार्यक्रममा डा. नेपालसहित आशिष जाजु, प्रतीक राउत, विपिन कावरा, बनिसा शर्मा कट्टेल, साकेत राठी, सन्तोष बानियाँ, कपिल सुनारलगायतलाई सम्मानित गरिएको छ।

शुक्रबार विराटनगरस्थित होटल एसियाटीकमा आयोजित एक भव्य कार्यक्रमबिच सृष्टिको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विशिष्ठ अतिथि रहेका थिए । सो अवसरमा अग्रज कलाकार नीर शाह, कुमार बस्नेत, शर्मिला मल्ल र  विश्व बस्नेतलाई सम्मान गरिएको छ । यस्तै  सामाजिक कार्यतर्फ दीनबन्धु गोयल, उद्यमतर्फ विकास वेगवानी, साहित्य सेवातर्फ दधिराज सुवेदी, ममता मृदुला (साहित्य), कौशल निरौला (पत्र कार) लाई पुरस्कृत गरिएको छ ।

यस्तै कान्तिपुर कलेज र आदर्श मा.वि. विराटनगरलाई शिक्षातर्फ अवार्ड दिईएको छ । कार्यक्रममा शिक्षातर्फ शिक्षादीप परिवार, व्यवसायी लक्ष्मी तिम्सिनालाई सम्मान गरिएको छ । न्यू सृष्टि दैनिक नियमित अध्यययन गर्ने १३ जनालाई यसपटक ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएकन्ह छ । ७२ देखि ९९ वर्षसम्मका ज्येष्ठ नागकिलाई सम्मान गरिएको छ ।

२०६७ सालदेखि प्रकाशन सुरु भएको न्यू सृष्टि दैनिकले हरेक वर्ष भब्य वार्षिकोत्सव कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा बखरी आधारभूत विद्यालयका ३ विपन्न विद्यार्थीलाई छात्रवृत्ति रकम समेत  प्रदान गरिएको छ  । यो वर्ष सर्वोत्कृष्ट जनप्रतिनिधिमा दिलिप बगडिया (रंगेली) र उत्कृष्ट कर्मचारी डीबी क्षेत्रीलाई विशेष सम्मान गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय