About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड ईटहरी शाखा कार्यलयको उदघाटन गरिएको छ । नेपाल विमा प्राधिकरणका कोशी प्रदेश प्रमुख विनोद पोखरेल , इटहरी उपमहानगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष जितेन्द्र थापा र लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सका सिइओ राम कुमार यादवले संयुक्त रुपमा कार्यालयको उदघाटन गर्नुभएको हो । कार्यक्रममा नेपाल बिमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद पोखरेलले विपन्न , गरीब समुदायको विमामा पहुँचकालागि लिवर्टी माईक्रो लाईफ ईन्स्योरेन्सले ठोस योगदान पुर्याउन विशेष भूमिका निवार्ह गर्ने र यसको विकासमा जोड दिने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो । वहाँले एक कम्पनी एक अभिकर्ताको प्रावधान लघु विमा कम्पनीको हकमा लागु नहुने हुदाँ अन्य जीवन बिमा कम्पनीमा काम गनेै अभिकर्ताले समेत लघु जीवन बिमा कम्पनीमा काम गर्न सक्ने जानकारी दिनुभयो । त्यसैगरी ईटहरी उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष जितेन्द्र थापाले लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सको उद्धेश्य पूरा हुनेमा विश्वास ब्यक्त गर्नुभयो । लिबर्टी माईक्रो लाईफ का सि.ई. ओ. राम कुमार यादवले आर्थिक कारण बिमा गर्न नसकिरहेका ब्यक्ति तथा समुदायले समेत न्यूनतम विमा शुल्कमा लघु विमा गर्न सक्ने हुनाले विमामा विपन्न , गरिब र सिमान्कतकृत समुदायको पहुँच बिस्तार हुने बताउनु भयो । उदघाटन कार्यक्रममा लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सका डि.जि.एम. तथा सि.एम.ओ. अशोक कुवर , ईटहरी उपमहानगरपालिका वडा नं ९का वडा सदस्य कपिल घिमीरे साथै ४० भन्दा बढी बिमा परामर्शदाताहरुको सहभागिता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय