About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, १५ माघ
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कोशी प्रदेश कमिटीले इटहरीमा दुई दिने ‘अनेरास्ववियु पाठशाला’ कार्यक्रम सम्पन्न गरेको छ । पाठशालामा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं अनेरास्ववियूका पूर्व अध्यक्ष हिक्मत कार्की, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा, नेकपा एमालेका केन्द्रीय सदस्य अनेरास्ववियु पूर्व अध्यक्ष माधव ढुंगेल, एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका इञ्चार्ज किशोर बिक्रम मल्ल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल र नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लिलाराज भट्टराईले प्रशिक्षण दिनुभयो ।
कोशी प्रदेशका १४ जिल्लाका अनेरास्ववियुका अध्यक्षहरु, प्रदेश कमिटीका पदाधिकारी सदस्य, क्याम्पस कमिटीका अध्यक्ष गरी ८० जनाको पाठशालामा सहभागिता थियो । अनेरास्ववियुका नेता कार्यकर्तालाई सैद्धान्तिक स्पष्टता दिलाउँदै पठन सँस्कृतिको विकासका लागि अनेरास्ववियू पाठशाला आयोजना गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटी अध्यक्ष जीवी गजलले जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय